सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका दुई क्लिनिक शिल

२०८० साउन २७, ०९:४५ खबर संवाददाता

धनगढीः  कैलालीमा दुई क्लिनिक शिल भएका छन भने दुई क्लिनिक निलम्बन गरिएका छन्। औषधी व्यवस्था विभागले जिल्लाको धनगढी उपमहानगरपालिका क्षेत्रमा संचालनमा रहेका दुई क्लिनिक शिल गरेको छ भने दुई  क्लिनकलाई निलम्बन गरेको छ।

शुक्रबार र शनिबार गरिएको अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरिएका दुई वटा औषधि पसलमा शिलबन्दी गरेको छ भने दुई क्लिनिकलाई निलम्बन गरेको छ। एउटा क्लिनिकको सञ्चालक नभएकाले तत्काल बन्द गराइएको औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरीक्षक दीपेन्द्रकुमार शाहले बताए। दर्ता बिना सञ्चालन गरिएको धनगढी उपमहानगरपालिका–३ को अर्जुन क्लिनिक र धनगढी–१४ को प्रतिभा क्लिनिक शिलबन्दी गरिएको बताए।

शाहले खुद्रा औषधी पसलमा बिक्री वितरणमा रोक लगाएको औषधी सञ्चय गरेको धनगढी–४ को आर्दश मेडिकल हलमा ताला लगाएर १४ दिन, दर्ता नभएको औषधी बिक्री गर्ने स्वप्निल मेडिकल हललाई ७ दिनका लागि निलम्बन गरिएको बताए। उनकाअनुसार धनगढीको अस्पताल लाइनमा रहेको रघु मेडिकल स्टोरको सञ्चालक नभएको कारण तत्काल पसल बन्द गर्दै ७ दिनभित्र कारवाहीका लागि औषधी व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

यस्तै, धनगढीको सारथी अस्पतालले प्रमाणपत्रमा उल्लेख भएको फर्मासिस्ट भन्दा अर्को फर्मासिस्टबाट औषधी बिक्री गराएको र लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखिएको पाइएपछि निजलाई औषधी व्यवस्था विमागमा उपस्थित गराउन निर्देशन दिएको शाहले बताए। धनगढी– ८ को आशा फार्मेसीमा साइनबोर्ड नभएको, दर्ता नभएको औषधी सञ्चय गरेको, लागु तथा मनोदिपक औषधीको रेकर्ड दुरुस्त नराखेको पाइएपछि कारवाहीका लागि औषधी व्यवस्था विभागमा बोलाइएको छ। अनुगमनका क्रममा क्याम्पस चोकको जया मेडिकल हलले विभागको ऐनअनुसार बिल फर्मेट नगराखेको पाइएकाले तत्काल सच्याउन निर्देशन दिइएको छ। 
 

कमेन्ट लोड गर्नुस