सुदूर नेपाललाई विश्वसँग जोड्दै

शनिवार एकतर्फी सञ्चालन भएको भिमदत्त राजमार्ग फेरी अवरुद्ध

२०८० साउन २७, ०८:४६ खबर संवाददाता

धनगढीः  सुदुरपश्चिमका पहाडि जिल्ला जोड्ने भिमदत्त राजमार्ग सुचारु भएको केहि समयमै फेरी अवरुद्ध भएको छ। कैलालीको गोदावरी नगरपालीका–४ स्थीत बुढीतोलामा सडक भासीएका कारण राजमार्ग पाँच दिनदेखी अवरुद्ध थियो।

सोमबार राती भएको अविरल वर्षाले अवरुद्ध भएको राजमार्ग शनिवार दिँउसो एकतर्फी रुपमा सञ्चालनमा आएको थियो। सडक डिभिजन कार्यालय महेन्द्रनगरले साना र हलुका सवारीमात्रै पास गर्न भनेको थियो। तर जोखिम मोलेर तरकारीसहित अन्य सामग्री बोकेको लोड सवारीहरु पनि पास गर्न खोज्दा फेरी सडक बिग्रीएको छ।

आज दिनभरी फसेकै गाडीहरु निकाल्नमै जेसिबि प्रयोग भएपछी थप काम गर्न नपाईएको सडक डिभिजन कार्यलयले जनाएको छ। फेरी पानी पर्न थालेका कारण थप समस्या भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस