सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सञ्चालन गरिएको रक्तदान महोत्सवमा ११८ जनाद्धारा रक्तदान

२०८० साउन २७, ०७:२९ खबर संवाददाता

धनगढीः  कैलालीमा शनिवार आयोजना गरिएको खीर खाने तथा रक्तदान महोत्सवमा ११८ जनाले रक्तदान गरेका छन्।

बैतडी समाज कैलालीको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा १० जना महिलासहित ११८ जनाले रक्तदान गरेको संयोजक राजबहादुर चन्दले बताए।

उक्त समाजले हरेक वर्ष दुई पटक बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको छ। बर्खाका बेला बिरामीको चाप बढी रहेकाले समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको संयोजक चन्दले बताए।  
 

कमेन्ट लोड गर्नुस