सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिफा महिला विश्वकप: आज क्वार्टरफाइनलका अन्तिम दुई खेल

२०८० साउन २७, ०७:३६ खबर संवाददाता

फिफा महिला विश्वकप फुटबलमा शनिबार क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। नेपाली समयअनुसार दिउँसो पौने १ बजे सनकर्प स्टेडियममा शुरु हुने खेलमा घरेलु टोली अस्ट्रेलिया र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। 

दिउँसो सवा ४ बजे स्टेडियम अस्ट्रेलियामा इङ्ल्याण्ड र कोलम्बिया आमनेसामने हुनेछ। यसअघि शुक्रबार भएका खेलमा जित निकाल्दै स्पेन र स्वीडेन सेमिफाइनलमा पुगेका छन्। सेमिफाइनल खेल अगष्ट १५ र १६ मा हुनेछन्।

कमेन्ट लोड गर्नुस