सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा परीक्षाकेन्द्र बदल्दा आन्दोलित बनेका विद्यार्थीले आन्दोलन स्थगित गरे

२०८० साउन २६, ०८:१३ खबर संवाददाता

धनगढीः  कैलालीको घोडाघोडी नगरपालिका सुख्खडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसका विद्यार्थीको आन्दोलन स्थगित भएको छ।

स्नातक दोस्रो वर्षको परीक्षाकेन्द्र लम्की बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्यामपसमा तोकिएपछि विद्यार्थीहरुले सुरु गरेको आन्दोलन स्थगित भएको हो। घोडाघोडी बहुमुखी क्याम्पसका स्ववियू सचिव हुकुम आचार्यले तत्काल केन्द्र सार्ने सम्भावना नदेखिएकाले आफूहरुले आन्दोलन फिर्ता लिएको बताए। त्रिभूवन विश्वविद्यालय अन्तरगतको स्नातक दोस्रो वर्षको परीक्षा साउन २८ गतेदेखि सुरु हुँदैछ।

यसअघिका बर्षहरुमा घोडाघोडी बहुमुखी क्याम्पसमै परीक्षा संचालन हुँदै आएकोमा यस बर्ष लम्की बहुमुखी क्याम्पस र खप्तड बहुमुखी क्यामपसमा परीक्षा केन्द्र तोकिएपछि विद्यार्थी आन्दोलित भएका थिए। आन्दोलित विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्नुका साथै अत्तरियामा रहेको परीक्षा नियन्त्रणको कार्यालयमा विरोध समेत प्रदर्शन गरेका थिए। शुक्रबार परीक्षा नियन्त्रणको कार्यालयमा भएको छलफलमा विद्यार्थीहरु आन्दोलन फिर्ता लिन सहमत भएका हुन्।
 

कमेन्ट लोड गर्नुस