सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा महिला मृत्यु प्रकरणः आफन्तबाट जिल्ला प्रहरी कार्यालय घेराउ

२०८० साउन २६, ११:४१

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकले जथाभावी औषधी खुवाउँदा एक महिलाले ज्यान गुमाएकी छिन्। अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया  प्रिती थापाको मृत्यु भएको हो। 

कैलाली प्रहरीका अनुसार बिहिवार बिहान गर्भपतन(क्यूरेट) गर्न गएकी उनलाई क्लिनिकले औषधी दिएको थियो। औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई महिलालाई सेती अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।

मेडिकल सञ्चालक मध्येका एक जना विनोदमणि जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कुलदिप चन्दले बताए। औषधी सञ्चालकको बैधानिकता के हो? उसको लापरवाही हो होइन, भन्ने लगायत विषयमा पिडीतहरुले जान्न चाहेको चन्दले बताए।

घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोदमणी जोशीलाई पक्राउ गरिएको छ। तर आफन्तहरुले भने दोषीलाई कारबाहीको माग गर्दै अहिले जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिएका छन्। उनीहरुले प्रहरी अगाडी विरोध गर्दै सडक समेत अवरुद्ध गरेका छन्।
 

No description available.

 

No description available.

कमेन्ट लोड गर्नुस