सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार सय बढी नाघ्यो सुदूरपश्चिममा डेंगी संक्रमितको संख्या

२०८० साउन २५, ०९:२८ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेशका ४०४ जनामा डेंगी संक्रमित भएको छ। डेंगीबाट सबैभन्दा बढी प्रदेशको दार्चुलामा १९२ वटा केशहरु पाइएका छन्।

नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेको छ। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले हालसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेको जनाएको छ। ७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन्।

प्रदेश आन्र्तगत सबैभन्दा धेरै कोशी प्रदेशमै ८ हजार ४२० जनामा डेंगी संक्रमण भइसकेको छ। त्यसैगरी वाग्मती प्रदेशमा १ हजार ५४७, गण्डकी प्रदेशमा ४८१, सुदूरपश्चिम प्रदेशमा ४०४ जना, लुम्बिनी प्रदेशमा २१९, मधेश प्रदेशमा ५८ र कर्णाली प्रदेशमा २८ जना संक्रमित भइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस