सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा दन्त शिविर सम्पन्न, भाद्र २ गते आँखा शिविर हुने

२०८० साउन २५, ०९:०८ खबर संवाददाता

धनगढीः  कैलालीको अत्तरियामा अत्तरिया उद्योग वाणिज्य संघले एक दिने दाँत तथा मुख सम्बन्धि स्वास्थ्य शिविर आयोजना सम्पन्न गरेको छ।

शिखर डेन्टल क्लिनिक प्रालि अत्तरियाको सहयोगमा संघले अत्तरियाको गोदावरी कम्पलेक्सको प्राङ्गणमा बिहीवार शिविर आयोजना गरेको हो। शिविरमा १९५ जनाले सेवा लिएको  अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ। सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत शिविरको आयोजना गरिएको संघका अध्यक्ष कल्याण सिह बोहराले बताएका छन्। शिविरमा ५१ जनाको दाँत निकालिएको शिखर डेन्टल सञ्चालक मिन बहादुर देउवाले बताएका छन्।

शिविरमा ब्रस गर्ने तरिका, दाँत तथा मुख स्वास्थ्य सचेतना समेत दिइएको उनले बताए। शिविरमा डेन्टल सर्जन डा. ज्योती खरेलले दाँतको चेकजाँच गरेकी थिइन्। अत्तरिया उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत भाद्र २ गते पुनः तेजकोहली रुइत फाउण्डेसनको सहयोगमा आँखा शिबिर सञ्चालन गर्ने जनाएको छ। शिविर गेटा आँखा अस्पताल र संघको सयुक्त आयोजनामा सञ्चालन गरिने जनाइएको छ।

कमेन्ट लोड गर्नुस