सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधका ४२३ मुद्दा दर्ता, ११७ फर्छयौट हुन बाँकी

२०८० साउन २५, ०३:३९ खबर संवाददाता

धनगढीः जिल्ला अदालत कैलालीमा लागुऔषध सम्बन्धी कसुरका चार सय २३ मुद्दा दर्ता भएका छन्। जिल्ला अदालत कैलालीको तथ्याँक अनुसार ४२३ मुद्दा लागुऔषध सम्बन्धीका दर्ता भएका हुन्। जिल्ला अदालतले तीन सय ६ वटा मुद्दा फर्छयौट गरेको छ। एक सय १७ वटा मुद्दा बाँकी छन्। 

जिल्ला अदालतको तथ्याँक अनुसार हिरोइनका तीन सय ५६ मुद्दा दर्ता भएका थिए। दुई सय ४६ मुद्दा फर्छयौट भएका छन् भने एक सय १० मुद्दा फर्छयौट गर्न बाँकी छन्। गाँजा तथा चरेशका ४८ मुद्दा दर्ता भएका छन्। ४१ वटा मुद्दा फर्छयौट भएका जिल्ला अदालतले बताएको छ। गाँजाका सात मुद्दा फर्छयौट गर्न बाँकी छन्। अन्य १९ वटा मुद्दा दर्ता भएकोमा सबै फर्छयौट भएका छन्।

कैलालीमा लागुऔषधको प्रयोग, कारोबार तथा ओसार पसारका घटना बढेको छ। लागुऔषधको कारोबार बढेसँग मुद्दाको संख्या समेत बढ्दै गएको छ। 
 

कमेन्ट लोड गर्नुस