सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल वायुसेवा निगमको दिल्ली उडान थप

। फोटो स्रोत ।
२०७६ वैशाख ८, ०६:१३ खबर संवाददाता

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ। भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाण्डौ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो। निगमले आगामी वैशाख १८ ९मे १ देखि० काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान गर्ने जनाएको छ। उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान गर्दै आएको छ।

यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली उडान थापिएको निगमका सहायकप्रवक्ता नवराज कोइरालाले जानकारी दिए। आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाण्डौ–दिल्ली उडान बन्द गरेको थियो। जेट एयरको उडान बन्द भएपछि निगमले यात्रुको सहजतालाई दृष्टिगत गर्दै उडान वृद्धि गरेको हो। रासस
 

कमेन्ट लोड गर्नुस