सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दोदा र मोहना नदी बस्तीमा पस्दा डुबान

२०८० साउन २४, ०७:३८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा दोदा र मोहना नदी गाउँ पस्दा एक सयभन्दा धेरै घर डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार दोदा नदीको बाढी पुनर्वास नगरपालिका– ५ सिमरी गाउँका ५० र मोहना नदीको बाढी कृष्णपुर नगरपालिका– ७ शान्तिगाउँका ६० घरमा पसेको हो।

बछेला खोलाको तटबन्ध भत्किँदा शान्तिटोलमा बाढी पसेको हो। महाकाली र जगबुढा नदीको मिलन बिन्दु क्षेत्र कुतियाकबरमा कटान सुरु भएको छ।

त्यस्तै, सशस्त्र प्रहरीले स्याली नदी र ओदाल नदीको बाढीमा फसेका शुक्लाफाँटा र कृष्णपुरका चारजनाको उद्धार गरेको छ। घाँस काट्न गएका तथा खेतबारीमा काम गरेर घर फर्किने क्रममा बाढी आएपछि उनीहरू घर फर्कन सकेका थिएनन्।

कमेन्ट लोड गर्नुस