सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश फाउन्डेसनले गर्‍यो एक सय ३ पिन्ट रगत संकलन

२०८० साउन २३, १०:३४ खबर संवाददाता

धनगढीः दिनेश फाउन्डेसनले एक सय तीन पिन्ट रगत संकलन गरेको छ। धनगढीमा मंगलवार गरिएको उक्तदान कार्यक्रममा एक सय तीन पिन्ट रगन संकलन भएको हो। फाउण्डेसनका अध्यक्ष श्याम हमालले ११ औँ रक्तदान कार्यक्रमबाट एक सय तीन पिन्ट रगत संकलन भएको बताए। 

फाउण्डेसनले  पत्रकार दिपक उपाध्यायलाई सम्मानसमेत गरेको थियो। वृहत् रक्तदान कार्यक्रममा १०२ पटक रक्तदान गरेका उपाध्यायलाई नगद ५१ हजार, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो। सुदूरपश्चिममा उपाध्यायले हालसम्म सर्वाधिक १०२ पटक रक्तदान गरेका छन्।  रक्तदानबाट धेरैले जीवन दान प्राप्त गर्ने भएकाले दिनेश फाउन्डेसनले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको दिनेश फाउन्डेसनका अध्यक्ष हमालले बताए।

उनले फाउन्डेसनले हरेक वर्ष एक सय पिन्टभन्दा बढी रगत नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्दै आएको बताए। दिनेश फमउन्डेसनले हरेक वर्ष साउनमा रक्तदान गर्दै आएको छ भने विभिन्न समयमा अन्य सामाजिक कार्य पनि गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस