सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जन्ती बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ जना घाईते

२०७६ वैशाख ८, ०५:३५ खबर संवाददाता

बझाङ–खप्तड छान्ना गाँउपालिका वडा नम्बर ४ बाट जयपृथ्वी नगरपालिका सुबेडा तर्फ जन्ती लिएर आउदै गरेकोे जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। से १ ज ७१८ नम्बरका जिप खप्तड छान्ना गाँउपालिका वडा नम्बर २ को बाँसपाटामा दुर्घटना भएको हो। दुर्घटनामा परि खप्तड छान्ना गाँउापलिका वडा नम्बर ४ का ६० बर्षिया बासुदेब जोशीको घटना स्थालमामै मृत्यु भएको प्रदेश ट्राफीक प्रहरीले जनाएको छ। 

दुर्घटनामा परि चालक सहित ७ जना घाईते भएका छन्। खप्तडछान्ना गाँउपालिकाका चेतराज जोशि, गोकर्ण जोशी, नरेशप्रसाद जोशी, देबराज जोशी, सुकदेब जोशी, डम्बर प्रसाद जोशी,  र चालक जयराज जोशी घाईते भएका हुन्। दुलाह बलराम जोशीको खुट्टामा सामान्य चोट लागेको बताईएको छ। घाईतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईदै छ। पानी परेका कारण बाटो चिप्लो भएर गाडी स्लीप हुँदा जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। जीप सडक बाट झण्डै १५ मिटर तल खसेको छ। दुर्घटनामा परि जन्तीमा आएका घटनापछि विवाह स्थगित भएको छ। 
 

कमेन्ट लोड गर्नुस