सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरी धाम तहसनहस

फोटो : अत्तरिया खबर
फोटो : अत्तरिया खबर
२०८० साउन २३, १०:१७ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नदीले धाम क्षेत्रमा क्षति गरेको छ। जिल्लाको गोदावरी नगरपालिकास्थित धार्मिक पर्यटकीय स्थल गोदावरी धाम बाढीले तहसनहस भएको हो।

सोमवार रातिदेखि अविरल वर्षासँगै आएको बाढीले निर्माण गरिएका भौतिक संरचनामा क्षति पुगेको छ। स्थानीयका अनुसार शिव मन्दिर, विष्णु मन्दिर, संस्कृत पढाइ हुने विद्यालयमा क्षति पुगेको छ। साथै पर्यटनको गन्तव्य बनेको गोदावरी काठे पुलमा पनि क्षति पुगेको छ।

यसैबीच बाढीमा फसेकाहरुलाई सोमवार राति १० बजे उद्धार गरेका थिए। गोदावरी नदीमा फसेका ६ जनाको राति नै उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीको कमान्डमा ११ जनाको प्रहरी टोली, सँगै नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नदीको बीच भागमा फसेकाहरूको उद्धार गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस