सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका यी नदीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह

२०८० साउन २३, ०७:५६ खबर संवाददाता

कैलालीः देशका विभिन्न भू–भागमा अहिले भारी वर्षा भइरहेको छ भारी वर्षासँगै देशका विभिन्न क्षेत्रमा रहेका नदीहरूमा पानीको बहाव बढेको छ। हाल कर्णाली नदीको बाढी खतराको तहसम्म पुगेको छ।

वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै कञ्चनपुर र कैलालीको धेरै स्थानमा भारी वर्षा भएको छ सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन महाशाखाको आग्रह छ।
 

कमेन्ट लोड गर्नुस