सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जोरायलका स्थानीयको प्रश्न–एम्बुलेन्समा राजनीति किन ?

२०७६ वैशाख ८, ०४:१४ नवराज पनेरु

डोटीको जोरायल गाउँपालिकाका स्थानीय विष्णुराज भट्टको घर प्राथमिक स्वास्थ्य केन्द्र चनकट्टे अगाडी नै छ। स्वास्थ्य केन्द्रमा ४ महिनादेखि थन्काईएको एम्बुलेन्सका बारेमा भट्टले फेसवुकमा लेखेका छन् ‘यो समस्या मेरो घर अगाडिको हो। बिहानै उठेपछी र राती सुत्नु भन्दा अघि सम्म एम्बुलेन्स देखिन्छ तर चल्दैन। अब यसबारे हीतकारी निर्णय चाहियो। तमासा देखाउनुको पनि हद हुन्छ नी। राजनीति जनताको भलाइको लागि हुनुपर्छ।’यो समस्या भट्टको मात्रै होईन सिङगो गाउँपालिकाका स्थानीय नै हो।

गाउँपालिकामा एउटा पनि एम्वुलेन्स नभएका बेला ४ महिना अगाडी आमा फाण्डेसनले एम्वुलेन्स हस्तान्तरण गरिएपछि स्थानीय खुशी थिए। तर ४ महिना सम्म पनि एम्बुलेन्स सुचारु नगरिएपछि गाउँपालिकाका स्थानीय निराश भएका छन्। स्थानीय तीर्थराज भट्टले गाउँपालिकामा एम्बुलेन्स छ पनि, छैन पनि भन्ने जस्तो भईरहेको बताए। उनले भने–कि सेवा सुचारू गरियोस् कि एम्बुलेन्स फिर्ता गरियोस् वा त्यहां नथन्काइयोस्। गाउँपालिका भरी नै एउटा पनि एम्बुलेन्स नहुँदा भईरहेको समस्या स्थानीय जनप्रतिनिधिले नजरअन्दाज गरिदिएको आरोप पनि लागेको छ। फेसवुकमै नविन ओझाले प्रतिक्रीया पठाउँदै भनेका छन्–“यो एम्बुलेन्स चल्दा कसैको राजनिती सकिहाल्ने नि हैन र कसैको फलिफाप हुनेनी हैन कुरो सेवा र सुबिधाको हो। बहुसंख्यक जनताले सेवा र सुबिधा पाउनु पर्छ फेरि दाताले म यो शब्द लेख्छु भन्दा अरुको के टाउको दुखाइ ।“

एम्बुलेन्समा नेपाली कांग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले ४ महिना सम्म एम्वुलेन्स सुचारु गर्न नमान्दा गाउँपालिकाका वासिन्दा समस्यामा परेका हुन्। एम्वुलेन्स नभएकै कारण अहिले पनि विरामीहरु समस्यामा परेका छन् भने अत्यावश्यक घटनाहरु भएपनि सार्वजनिक सवारीको यात्राका लागि पर्खिनुपर्ने बाध्यता रहेको छ। गाउँपालिकाका वासिन्दाले एम्बुलेन्स सञ्चालन भए कसैको राजनीति नै नसकिने भएकाले तत्काल एम्बुलेन्स सञ्चालन गर्नुपर्ने माग गरेका छन्। अत्यावश्यक मानिएको एम्बुलेन्समा पनि राजनीति गरिए सिङगो गाउँपालिकाका वासिन्दा नै समस्यामा पर्ने उनीहरुको तर्क छ। 

एम्बुलेन्समा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द विष्टको पहलमा आमा फाउण्डेसनबाट सहयोग जुटाएर खरिद गरेको कुरा उल्लेख गरिएको छ। नेपाली कांग्रेसका नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले ४ महिना देखि नै प्रथामिक स्वास्थ्य केन्द्र जोरायलमा एम्बुलेन्स थन्काएको हो। जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रशाद ओझाले नेपाली कांग्रेसका नेता विष्टले विना कारण नाम उल्लेख गरेकोले एम्बुलेन्स चलाउन नदिएको बताउँदै आएका छन्। 

यो पनि पढौ

डोटीमा काँग्रेस नेताले दिएको एम्वुलेन्स नचलाउने गाउँपालिकाको अडान

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस