सुदूर नेपाललाई विश्वसँग जोड्दै

तामाङ घेदुङ र मगर संघ कैलालीद्धारा अधिवक्ता पाण्डेलाई कारबाहीको माग

२०८० साउन २२, ०९:५० खबर संवाददाता

धनगढीः  नेपाल तामाङ् घेदुङ जिल्ला समन्वय समिती कैलाली र नेपाल मगर संघ जिल्ला समन्वय समिती आन्दोलित बनेको छ।

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ले विवादास्पद अभिव्यक्ति दिएको र सो अभिव्यक्ति गम्भीर मानवअधिकार उलंघन भएको भन्दै कारबाहीको मागसहित कैलाली प्रसाशन मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको छ। नेपाल तामाङ् घेदुङ जिल्ला समन्वय समिती कैलाली र नेपाल मगर संघ जिल्ला समन्वय समितीसहित थारु कल्याणकारिणी सभा कैलाली, राजी सल्लासमाज कैलाली, नेपाल आदीवासी जनजाती महासंघ सुदुरपश्चिम समन्वय परिषद् तथा तमु ह्युल छोजधि कैलालीले ऐक्यबद्धता जनाउँदै कैलाली प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाइएको हो।

सोमबार धनगढीमा सो संघ विरोध प्रदर्शन गर्दै प्रसाशनमा पुगेको थियो। संघले पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातीय, बहुधार्मिक र बहुसांस्कृति समाजको सांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको भन्दै कारबाहीको माग गरेको छ। काठमाण्डौँ–११ का पाण्डेले साउन ४ गते प्राइम टेलिभिजनमा दिक्पाल कार्कीद्धारा सञ्चालित चियागफ कार्यक्रममा अन्तरवार्ता दिने क्रममा तामाङ र मगर जातिमा दाजुबहिनी बिचमा बिबाह हुने गरेको र त्यस्तो सम्बन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुनुको साथै यस्तो मानिस भैँसी र बाख्राभन्दापनि तुच्छ भनी सिङ्गो तामाङ, मगर लगायत आदिवासी जनजाती समुदायको प्रथाजनित अभ्यासमाथी गलत ढंगले ब्याख्या गलत भएको उल्लेख गरिएको छ।

नेपाल मगर संघ जिल्ला समन्वय समितीका अध्यक्ष दल बहादुर घर्तीमगरले आनुवांशिक रुपमा नै अपराधीकरण गर्ने र मान्छेलाई जनावरसंग तुलना गरी दिएको कपोकल्पीत, भ्रामक र तथ्यहिन अभिब्यक्ती टेलिभिजन, युट्युव र टिकटकबाट समेत प्रत्यक्ष तथा रेकर्डेड प्रसारण भएकोले हाम्रो आत्मसम्मान र प्रतिष्ठामा गम्भिर चोट पुगेको बताए। आन्दोलित बनेका उनीहरुले विभेदकारी प्रशासन चाहिदैन, प्रहरी दमन बन्द गर, दोषी प्रहरीलाई कार्वाही गर, बहुसांस्कृतीक विबिधतालाई सम्मान गर, अघिवक्ता भगवती पाण्डेको लाईसेन्स खारेज गर, अभियुक्तलाई छुटकरा दिलाउन पाईदैन, जातिय सद्भाव विथोल्न पाइदैन लगायतका नारा लगाइएको नेपाल मगर संघ सुदुरपश्चिम प्रदेश अध्यक्ष कमल बहादुर पुनमगरले बताए।

यस्तै मगर संघ जिल्ला समन्वय समितीका अध्यक्ष घर्तीमगरले आत्मसम्मान र प्रतिष्ठामा गम्भिर चोट पुगीनिजलाई गलतअभिब्यक्ति सच्याउन पटकपटक आग्रह गर्दा समेत अटेर गरेको बताए। कार्वाहीका लागी जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता गरेको र सो उजुरी दिएको लामो समय बितीसक्दा पाण्डेलाई पक्राउ नगरेको बताए। 
 

कमेन्ट लोड गर्नुस