सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र महेन्द्रनगरबाट भन्सार छलीका सामान बरामद

२०८० साउन २२, ०६:३३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट करिब ७५ हजार ९५० मूल्य बराबरका चिनी, लेडिज सुट, धागो, ईलाष्टिक, कपास, कोरा कपडा लगायतका सामानहरु प्रहरी गस्ती टोलीले सोमबार दिउँसो बेवारिसे अबस्थामा बरामद गरेको हो।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय अगाडीबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ। करिब २८ हजार दुई सय मुल्य बराबरका काजु, बदाम, जिरा, चना लगायतका सामानहरु सोमबार दिउँसो बरामद गरिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस