सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकामा विस्फोट अप्डेट, मृतकको संख्या १३७ पुग्यो, चार सय बढि घाइते

२०७६ वैशाख ८, ०२:०५ खबर संवाददाता

श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ। ४ सय भन्दा बढी घाइते भएका छन्। आइतबार इसाई धर्मावलम्बीले इस्टर पर्व मनाइरहेका बेला तीन वटा चर्च र कोलम्बोको फाइभ स्टार होललहरुमा विस्फोट भएको थियो। अधिकारीहरुका अनुसार कोच्चादाइस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको हो।

यस्तै कोलम्बोमा साङ्ग्री–ला स्टार, किङबरी र सिनेमन ग्राण्ड होटलमा विस्फोट भएको छ। विस्फोटमा परी थुप्रै विदेशी नागरिक मारिएको आशंका गरिएको छ। कोलम्बो अस्पतालले ९ विदेशी नागरिक मारिएको पुष्टि गरेको छ। इस्टर सन्डे इसाई क्यालेन्डरमा एक ठूलो पर्व हो र यो दिन चर्चमा प्रार्थना हुन्छ।

विस्फोटको घटनापछि शहरको सुरक्षा बढाइएको छ। घटनास्थलमा उद्दार कार्य जारी छ। राष्ट्रपति मैत्रिपाल सिरिसेनाले घटनाबारे सुरक्षा एजेन्सीले जाँच गरिरहेको बताएका छन्। प्रधानमन्त्री रनिल विक्रमासिंघेले सुरक्षाबारे आपतकालीन बैठक बोलाएका छन्।

कमेन्ट लोड गर्नुस