सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत काम गर्न गएका धनगढीका दिपक दुई वर्षदेखि  बेपत्ता 

२०८० साउन २०, ०६:०० खबर संवाददाता

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मोहनपुरका दानबहादुर चन्द  अर्थात् दिपक चन्द बेपत्ता भएको दुई वर्ष पूरा भएको छ। भारतको पञ्चाबबाट बेपत्ता भएको चन्दकी श्रीमती पुजा चन्दले बताइन्।

बैतडीको पाटन नगरपालिका वडा नम्बर १ बसन्तपुर पुर्खौली घर भएका चन्द रोजगारीको लागि २०७८ असारमा भारतको पञ्जाब गएका थिए। डेढ महिना काम गरेर २०७८ कै भदौ २४ गतेबाट चन्द सम्पर्क बिहिन भएको परिवारले जनाएको छ।

दुई वर्षदेखि श्रीमान बेपत्ता हुँदा चन्दको परिवारको बिचल्ली भएको छ। चन्दलाई देख्ने र चिन्नेले भारतस्थित नेपाली समुदायले खोलेका संघ संस्थाको सम्पर्क ल्याएर घर फर्किन सहयोग गर्न चन्दकी श्रीमती पुजाले आग्रह गरेकी छिन्।

कमेन्ट लोड गर्नुस