कञ्चनपुरमा लागुऔषधसहित कैलालीका तीन युवक पक्राउ
धनगढीः कञ्चनपुरमा लागुऔषधसहित कैलालीका तीन युवक पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मालुबेलाबाट ६० मिलिग्राम लागुऔषधसहित कैलालीको धनगढी उपमहानगरपालिका–५ का २५ वर्षीय अर्जुन चौधरी शुक्रवार पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय रैकवार कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा अर्जुनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको हो। यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैशाखापुलबाट १ ग्राम ३५ मिलिग्राम लागुऔषधसहित कैलालीको गौरीगंगा नगरपालिका–८ का २१ वर्र्षीय बिवेक सापकोटा र धनगढी उपमहानगरपालिका–३ का २० वर्षीय सन्तोष चौधरी शुक्रवार पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथमा रहेको स्कुटी चेकजाँच गर्दा लागुऔषध फेला पारी स्कुटीसहित दुबैलाई नियन्त्रणमा लिएको छ।