सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिप दुर्घटनाबाट जोगियो  

२०८० साउन २०, ०७:५३ खबर संवाददाता

बैतडीः बैतडीमा जिप दुर्घटना हुनबाट जोगिएको छ। आज बिहान धनगढीबाट दार्चुलाको गोकुलेश्वरतर्फ गइरहेको सुपप्र ०१००१ ज १३७९ नम्बरको जिप महाकाली राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका २ सिन्केलेकमा दुर्घटनामा परेको हो।

सडकबाट जिपको एक टायरमात्रै लिक बाहिर गएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको अस्थायी प्रहरी पोष्ट सतबाँझका प्रहरी सहायक निरीक्षक कृष्णदत्त जोशीले बताए। जिपमा चालकसहित चार जना सवार रहेका थिए। उनीहरु सबै सकुशल रहेका छन्। जिप चालक धनबहादुर बोहरा भने फरार रहेका प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस