सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत उत्तराखण्डको पहिरोमा परी दुई नेपालीको मृत्यु, १४ बेपत्ता 

२०८० साउन २०, ०७:४३

भारतको उत्तराखण्ड रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड बजार (केदारनाथधामको पैदलमार्ग सुरु हुने स्थानमा)मा पहिरो गएको छ। बिहीवार राति खसेको पहिरोमा परेका १९ मध्ये तीनजनाको शव फेला परेको छ। मृतकमध्ये दुई नेपाली हुन्, १४ नेपाली अझै बेपत्ता छन्।

वेपत्ता भएकाहरुमध्ये दुई जनाको शव फेला परेको र त्यसलाई पोष्टमार्टमका लागि पठाइएको नेपाली दूतावासका प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिए। वेपत्ता अन्य नेपालीहरुको खोजी र पहिचान गर्ने प्रयास भरहेको उनले जानकारी दिए।

केदारनाथ प्रवेश गर्ने सडक खण्डको रुद्रप्रयागमा पहिरोले होटल बगाएको थियो। यसैबीच भारतीय सञ्चारमाध्यमहरुले होटलमा खाना खान गएका बेला पहिरोले होटल बगाएर मन्दाकिनी नदीमा खसालेको बताएका छन्। भारी वर्षा भइरहेकाले उद्धार तथा खोजीमा कठिनाइ भएको बताइएको छ। यसैबीच गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताए।

कमेन्ट लोड गर्नुस