सुदूर नेपाललाई विश्वसँग जोड्दै

जडिबुटी दिवसको अवसरमा शिवपुरी धाममा वृक्षारोपण

२०८० साउन १९, १२:०२ खबर संवाददाता

धनगढीः जडिबुटी दिवसको अवसरमा धनगढीको शिवपुरी धाममा जडिबुटी रोपण गरिएको छ।

पतञ्जलि योग समिति कैलाली र धनगढी नगर समितिको आयोजनामा जडिबुटी रोपिएको हो।

जडिबुटी दिवस र आचार्य बालकृष्णको जन्मदिनको अवसर पारेर शिवपुरी धाममा हवन र जडिबुटीका बिरुवा रोप्न पतञ्जलि योग समितिका पदाधिकारी, वडा नम्बर ४ का वडा अध्यक्ष बुद्धिबहादुर खड्का र दर्जनौं योग साधकहरूको उपस्थिति रहेको थियो। हवन र जडिबुटी रोपणपछि आधकहरूलाई भोजन गराइएको थियो।
 

कमेन्ट लोड गर्नुस