मृगौला पीडित भट्टलाई दुई सय ९९ जनाले गरे आर्थिक सहयोग

धनगढीः बैतडीकी मृगौला पीडित लक्ष्मी भट्टको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ।
दुबै मृगौला खराब भएर उपचाररत भट्टको थप उपचारका लागि स्वदेश तथा विदेशमा रहेका दुई ९९ जनाबाट ‘आमा बचाऔ’ अभियानमा सहयोग प्राप्त भएको हो। बिहीवारसम्म भट्टलाई चार लाख ७७ हजार ६३३ रुपैयाँ आर्थिक सहयोग जुटेको बैतडीका युवा समाजसेवी महेशदत्त भट्टले बताए। भट्टले आर्थिक सहयोग गर्ने मनकारी व्यक्तिहरूलाई धन्यवाद दिएका छन्।
बैतडीको मेलौली नगरपालिका–२ सलेनाकी लक्ष्मी भट्टको दुबै मृगौला खराब भएको ७ बर्ष पूरा भएको छ। थप उपचार गर्न आर्थिक समस्या भएकाले सार्वजनिक रुपमा सहयोगको अपिल गरिएको थियो। सहयोगको अपिल पश्चात् उक्त रकम सहयोग प्राप्त भएको हो।

