सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीको भंगालोमा नुहाउने क्रममा डुबेर भुपेन्द्र बेपत्ता

२०८० साउन १९, ०८:०० खबर संवाददाता

धनगढीः कर्णाली नदीको शाखा (भंगालो)मा नुहाउने क्रममा डुबेर भुपेन्द्र न्यौपाने बेपत्ता भएका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित कर्णाली नदीको शाखा (भंगालो)मा नुहाउने क्रममा गोराङगे बस्ने ३४ वर्षीय न्यौपाने बिहीवार दिउँसो डुबेर बेपत्ता भएका हुन्। बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली खटिर्ई उनको खोजतलास भइरहेको प्रहरीले बताएको छ। साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस