सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टी एकताको बाँकी काम टुंगिएको प्रचण्डको दाबी

। फोटो स्रोत ।
२०७६ वैशाख ८, ०१:०२ खबर संवाददाता

सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको बाँकि काम पनि टुंगिएको दाबी गरेका छन्। अध्यक्ष दाहालले नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर भोलि (सोमबार) घोषणा गर्ने गरी पार्टी एकताको बाँकि काम पनि टुंग्याइएको घोषणा गरेको हो। 

पार्टीको प्रदेश नम्बर ३ ले आइतबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकताको बाँकी काम आइतबार बिहान प्रधानमन्त्री केपी ओलीसँगको छलफलबाट टुंगो लगाइएको र त्यसलाई भोलि घोषणा हुने गरी निर्णय लिन अपरान्ह ६ बजे पार्टीको सचिवालय बैठक बोलाइएको पनि जानकारी दिए।

अध्यक्ष दाहालले पार्टी एकताको काममा केही ढिलाई भए पनि अब ढिलाई हुन्छ कि भन्ने शंका नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे। अध्यक्ष दाहालले पार्टी र पार्टी नेतृत्वको सरकारले जनताको अपेक्षा अनुसार काम गरेरनगरेको समीक्षा गरेर अघि बढने पनि बताए। उनले जनताको अपेक्षा अनुसार पार्टी र सरकारको काम कार्वाहीलाई अघि बढाउन ‘समृद्ध नेपाल स् सुःखी नेपाली’को नारा अघि सारिएको पनि स्मरण समेत गराए।

कमेन्ट लोड गर्नुस