सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुख्खा फलफूल विकास केन्द्रद्धारा गड्यौला मल विक्री शुरु

२०८० साउन १८, ०५:०९ खबर संवाददाता

बैतडीः  बैतडीमा उत्पादन गरेको गड्यौला मल विक्री शुरु गरिएको छ।

जिल्लाको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले उत्पादन गरेको मल विक्री गर्न थालेको हो। गड्यौला मल उत्पादन केन्द्र स्थापना गरेर मल उत्पादन गरेको केन्द्रले मल विक्री कार्य शुरु गरेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए। सुख्खा फलफूल विकास केन्द्र सतबाँझको क्षेत्रभित्र गड्यौला मल उत्पादन स्थल निर्माण गरेर मल उत्पादन गर्ने गरेको छ।

गड्यौला मल उत्पादनका लागि धनगढीबाट गड्यौला ल्याएर उत्पादनस्थलमा राखिएको थियो। मल उत्पादनस्थलमा झण्डै १५ क्विन्टल गड्यौला मल उत्पादन भएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए। जिल्लाको दररेट अनुसार प्रतिकेजी ४० रुपैंयाका दरले मल विक्री गर्न थालिएको उनले बताए।

कमेन्ट लोड गर्नुस