सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालयको छलाङ

२०८० साउन १८, १०:४५

मान सिंह धामी: सुदूरपश्चिम विश्वविद्यालय देशकै त्रिभुवन विश्वविद्यालय पछिको दास्रो अग्रणी शैक्षिक संस्थाको रुपमा रहेको कुरालाई कसैले पनि नकार्न सक्दैन।

संस्था भित्रका केही व्यक्तिगत स्वार्थी मनसाय लिएका शैक्षिक तथा प्राज्ञिक व्यक्तित्व र समाजका केही सिमित व्यक्तिहरूले विश्वविद्यालय र पदाधिकारीहरूको कटु आलोचना गरे पनि समग्र रुपमा हेर्दा सुदूरपश्चिमका प्रायः सबै जिल्लाका सामुदायिक क्याम्पसहरूलाई क्रमिक रुपमा आंगिक क्याम्पसको रुपमा रुपान्तरण गरिनु र आवश्यक प्रक्रियाको थालनी गरिनु, प्रजातान्त्रिक पद्वति अनुरुप र बरियता क्रमका आधारमा नेतृत्व हस्तान्तरण गरिनु, विभिन्न समायोजन भएका क्याम्पसहरूबाट नै पदाधिकारी चयन गरिनु, विश्वविद्यालयमा समय सापेक्ष नयाँ नयाँ प्राविधिक विषयहरूको पठनपाठन हुनु आदि कार्यहरू प्रसंशनीय र स्वागतयोग्य छन्।

हाल समायोजन भएका सामुदायिक क्याम्पपहरू लम्की बहुमुखी क्याम्पस लम्की कैलाली, घोडाघोडी  बहुमुखी क्याम्पस सुख्खड कैलाली, भानु बहुमुखी क्याम्पस दोधारा चाँदनी, कञ्चनपुर, अछाम बहुमुखी क्याम्पस मंगलसेन, अछाम  शंकरपुर क्याम्पस पस्ती दार्चुला, कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी कञ्चनपुर, पुरचौडी बहुमुखी क्याम्पस हाट बैतडी, सुनकुडा नमूना क्याम्पस सुनकुडा बझाङ, बझाङ दीप क्याम्पस झोता बझाङ, भिमदत्त बहुमुखी क्याम्पस डडेल्धुरा यसको लागि विश्वविद्यालयका उपकुलपति आदरणीय व्यक्तित्व प्रा. डा. अम्म राज जोशी, रजिस्ट्रार  प्रा. डा. यज्ञ राज पाठकज्यू लगायत सम्पूर्ण विश्वविद्यालय परिवारलाई मेरो व्यक्तिगत तर्फबाट विश्वविद्यालयको प्रगतिको लागि चाल्नु भएको प्रसंशनीय कदमको लागि हार्दिक धन्यवाद !!!       

कैलाली बहुमुखी क्याम्पसको संक्षिप्त चिनारी:
सुदूरपश्चिम प्रदेश सेती अञ्चल कैलाली जिल्ला धनगढी उपमहानगरपालिका अन्तर्गत बजारको मुख्य केन्द्र एल.एन. चोकदेखि करिब १.५ किलोमिटर पूर्व वडा नम्बर–८ मा अवस्थित देशकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसको स्थापना वि. सं. २०३७ सालमा भएको हो।

सुरुवातमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि पञ्चोदय माध्यमिक विद्यालयबाट सामुदायिक क्याम्पसको रुपमा व्यवस्थापन (कमर्स) संकायको पठन पाठन सुरुभएको कैलाली बहुमुखी क्याम्पस केही समयपछि धनगढीको वार्ड नम्बर –८ मा भवन निर्माणगरि आफ्नै भवनमा सञ्चालनमा रहेको छ। वि. सं. २०६३ सालदेखि मेरो पनि कर्मथलो कैलाली बहुमुखी क्याम्पस नै भएकोले यस क्याम्पसको परिदृश्य चित्रणगर्न पक्कै पनि सजिलोभएको अनुभूति गरेको छु।

बृहत् क्षेत्रफल ओगटेको यस क्याम्पसको पर्याप्त भौतिक पूर्वाधार, दक्ष जनशक्ति तथा ईमानदार विद्यार्थीहरू यस क्याम्पसमा गहना हुन्। हुन त 'न जाति छु न राम्रो छु कुन बन्छ र' ! मैले क्याम्पसको बारेमा चित्रण गर्दैगर्दा आफ्नो कर्मथलोलाई कसले पो नराम्रो भन्ला र? भनेर पाठकहरूले मलाई आफ्नो क्याम्पसको बढाई चढाईगरेको आरोप लगाउने पो हुन कि भन्ने संकोच पनि लागिरहेको छ।

तर यसरी बढाई चढाई गरेर लेख्दा लेखकलाई के नै फाईदा होला र ? सकेसम्म समाजलाई सत्यतथ्य कुराहरूको जानकारी गराउनु नै मानव धर्म हो। १६ बर्षदेखिको मेरो अनुभव, जानकारी, यथार्थ वस्तुस्थिति ऐना जस्तै छर्लङ्गपार्ने प्रयास गर्ने छु। यो कैलाली बहुमुखी क्याम्पस हाल सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा सञ्चालनमा रहेको छ। यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तह सम्मको पढाइ हुने गरेको छ।

स्नातक तहमा सेमेष्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय, विज्ञान संकायको पढाइ हुने गरेको छ। स्नातकोत्तर तहमा पनि सेमेष्टर प्रणालीमा आधारित शिक्षा शास्त्र संकाय, मानविकी संकाय र व्यवस्थापन संकायको पठनपाठन हुने गर्दछ। स्नातक तह शिक्षा शास्त्र संकाय अन्तर्गत अंग्रेजी शिक्षा, नेपाली शिक्षा, स्वास्थ्य तथा शारीरिक शिक्षा, गणित शिक्षा, कम्युटर साइन्स सूचना प्रविधि, लगायतका बिषयहरूको पढाइ हुन्छ।

मानविकी संकायमा बिए. एल. एल. बी, बि.एस.डब्लु, ग्रामीण विकास, आम सञ्चार तथा पत्रकारिता, समाजशास्त्र, अंग्रेजी, गणित, अर्थशास्त्र लगायतका बिषयहरूको पठनपाठन हुने गर्दछ। व्यवस्थापन संकायमा बिबिएस, बिबिए, बिबिएम आदि बिषयहरू र विज्ञान संकायमा बिएस्सी., सिएस.आइटी बिषयहरूको पठनपाठन हुने गरेको छ।

स्नातकोत्तर तहमा अंग्रेजी,नेपाली, अर्थशास्त्र, स्वास्थ्य शिक्षा, समाजशास्त्र तथा व्यवस्थापन संकायमा एमबिए, एमबिएस,  एमडिएस आदि बिषयहरूको पढाइ हुने गर्दछ। निकट भविष्यमा वन विज्ञान र ईन्जिनियरिङ्गको पनि पढाईहुने प्रक्रिया अगाडि बढेको छ। यस क्याम्पसमा दक्ष तालिमप्राप्त दर्शनाचार्य (एम.फिल), पिएच.डी. गरेका र दर्शनाचार्य (एम.फिल) र  पि.एच.डी. स्कलर  प्राध्यापकहरू प्राध्यापनरत छन।

समय समयमा विभिन्न अतिरिक्त कृयाकलापहरू आयोजना गरिन्छन्। देशकै अग्रणी यस शैक्षिक संस्थामा विभिन्न जिल्लाबाट बिद्यार्थीहरू अध्ययनगर्न आउने गर्दछन्। गरीब, जेहेन्दार, अशक्त, अपाङ्ग बिद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ।

उपयुक्त खेलमैदान, पर्याप्त भौतिक पूर्वाधार, समय अनुसारको शिक्षा, दक्ष तथा योग्य प्राध्यापक, पुस्तकालय, समय समयमा आन्तरिक परीक्षाद्वारा विद्यार्थीहरूको मूल्याङ्कन, प्राथमिक उपचार कक्ष, उपयुक्त खेलसामग्री, स्वस्थकर चमेनागृह, सुरक्षित पिउने पानी, मोटरसाइकल, साकल तथा गाडी पार्किङ्ग, सुरक्षित सौचालय आदि यस क्यामपसका मुख्य विशेषता हुन।

क्याम्पसमा रिसर्च म्यानेजमेण्ट सेल, विभिन्न संकाय अन्तर्गतका बिभागहरू गठन गरिएक्का छन्। क्याम्पसले हालै अनुसन्धानमा प्रथम राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गरेको छ। क्याम्पसको यस्ता शैक्षिक उन्नयन तथा अनुसन्धानात्मक कृयाकलापहरूमा प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्याउने समाजसेवी, वुद्धिजिवी, विद्यार्थी लगायत सबै सबैलाई  ह्रदयदेखि नै आभार प्रकटगर्दै क्याम्पसको शैक्षिक विकासमा यहाँहरूको अतुलनीय योगदान सधैभरिं रहिरहने कुरामा विश्वस्त हुन सकिन्छ।

पटक पटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्राप्त यस क्याम्पसको थप उन्नती प्रगतिकालागि विश्वविद्यालय र समुदायको सहयोग, सुझाव आवश्यकपर्ने हुँदा सधैंभरी यहाँहरूको योगदान क्याम्पसको लागि अविस्मरणीय रहने छ भन्ने कुरामा विश्वस्त छु।

यस क्षेत्रका शैक्षिक अगुवा, समाजसेवी, वुद्धिजिवी, राजनीतिकर्मी, सामाजिक अभियन्ता, उद्योगी, व्यापारी, अभिभावक, प्रध्यापक, शिक्षक, कर्मचारी, कृषक, विद्यार्थी सबै सबैको क्याम्पसको उन्नतीमा महत्त्वपूर्ण योगदान रहेको कुरालाई कसैले पनि नकार्न सक्दैनन् र सधैंभरी यहाँहरुको सल्लाह, सुझाव, सहयोग रहिरहने छ भन्ने कुरामा विश्वस्त छु। क्याम्पस भए हामी हुन्छौं, तर हामी नभएपनि क्याम्पस हुनेछ।

मेरो पनि कयाम्पससंग माना जोडिएको हुँदा क्याम्पस अभिभावकको कुशल व्यवस्थापनले गर्दा क्याम्पस सकारात्मक दिशामा अघि बढिरहेको मेरो ठम्याई छ। हाल यस क्याम्पसमा प्राध्यापक तोयराज भट्टसर क्याम्पस प्रमुखको भूमिकामा रहनु भएको छ। वहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्दछु। क्याम्पस सम्बन्धी पाठकलाई थप जिज्ञासा भएमा अर्काे लेखमा उल्लेख गर्ने नै छु। अहिलेलाई बिट मारे। धन्यवाद!

 उप-प्राध्यापक कैलाली बहुमुखी क्याम्पस

कमेन्ट लोड गर्नुस