सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकाले नयाँ भवनबाट सेवा दिन सुरु गर्‍योे

२०८० साउन १७, ०६:१२ खबर संवाददाता

धनगढीः  कैलालीको गोदावरी नगरपालिकाले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ।

नगरपालिकाको–२ मा निर्माण गरिएको भवनबाट सेवा दिन सुरु गरेको हो। नयाँ भवनमा सेवा सुरु गर्नका लागि अधिकांस शाखाका सामानहरु नयाँ भवनमा सार्ने काम सकिएको नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले बताएका छन्। नयाँ भवनमा विद्युत लाईनमा केही समस्या देखिएकाले काम गर्न केही समस्या भएपनि मर्मतको काम जारी रहेको उनले बताए।

नगरपालिकाले साउन भित्रै नयाँ भवनबाट सेवा सूचारु गर्ने भनेर यसअघि नै असार २८ गते पुजा गरेको थियो। एशियाली विकास बैंक (एडीवी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत भवन निर्माण गरेको हो। भवन निर्माणमा १० करोड ५५ लाख ५६ हजार ८१५ रुपैयाँ खर्च भएको छ। भवनको  निर्माण ठेक्का मार्फत गरिएको हो।  काम सकिएको भएपनि क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले नगरपालिकालाई हस्तान्तरण गर्न भने बाँकी रहेको छ।

यसअघि आफ्नै भवन नहुँदा नगरपालिकाले भाडाको भवनबाट सेवा प्रदान गर्दै आएको थियो।
 

कमेन्ट लोड गर्नुस