धनगढीका भट्टले कोरियाबाट गरे ‘हरित धनगढी’लाई सहयोग
धनगढीः धनगढीका सिद्धराज भट्टले हरित धनगढीलाई सहयोग गरेका छन्। दक्षिण कोरियामा रहेका भट्टले धनगढीको हरियाली प्रवर्धनका लागि पाँच हजार सहयोग गरेका हुन्।
उनको घर धनगढी उपमहानगरपालिकाको वडा नम्बर ११ हो। उनले ‘हरियाली प्रवर्धन कोष’ मा रकम पठाएका हुन। उपमहानगरपालिकाले धनगढीको हरियाल प्रवर्धनका लागि सहयोग माग गरेको छ। एक ट्रि–गाडमा नाम लेखेको उपमहानगरपालिकाले पाँच हजार रुपैयाँ लिने गरेको छ।
कार्यक्रममा सहभागिताका लागि उपमहानगरापालिकाको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ४१७०१००३०५०१०००२ र इ–बैंकिङ्गका लागि गोलोबल आईएमी बैंकमा सुरेन्द्र भट्टको खाता नम्बर ३०६०७०१००२२६०४ सार्वजनिक गरिएको छ। नगर प्रमुख गोपाल हमाललको सचिवालयको नम्बर ९८५८४८८८९५ मा फोन गरेर पनि कार्यक्रमको बारेमा थप बुझ्न सकिने छ।