टीकापुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

२०८० साउन १७, ०२:५८
टीकापुरः कैलालीको टीकापुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ।
टीकापुर नगरपालिका–१ ब्लक नम्बर १० का ७८ वर्षीय ज्योतिसिंह खड्काको मंगलबार राति आफ्नै एक तले घरको छतबाट खसेर मृत्यु भएको हो।
टाउकोमा चोट लागि घाइते भएका खड्काको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
.gif)

कमेन्ट लोड गर्नुस