सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको ब्रासलेटसहित बैतडीका एक युवक पक्राउ

२०८० साउन १६, ०९:४९ खबर संवाददाता

बैतडीः सुनको ब्रासलेटसहित बैतडीका एक युवक पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट सुनको ब्रासलेटसहित पक्राउ परेका हुन्।

उनी कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका थिए। भण्डारीको साथबाट ८१ ग्राम तौल बराबरको ब्रासलेट बरामद गरिएको छ। प्रहरीले भण्डारीले लुकाई छिपाई गरेर ब्रासलेट ल्याएकोले पक्राउ गरिएको जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस