कञ्चनपुरमा कुट्पिट मुद्धामा फरार रहेका एक जना पक्राउ
२०८० साउन १५, ०७:२०
कञ्चनपुरः कञ्चनपुरमा कुट्पिट मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।
जिल्लाको लालझाडी गाउँपालिका–४ का चेतराज रानालाई उनकै घरबाट प्रहरीले सोमवार पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले ‘कुटपिटको’ मुद्धामा २०७७ पुस १२ गते पाँच हजार रुपैयाँ जरिबाना तोकेको थियो।
राना सोहि दिनबाटै फरार रहेको थिए। रानाले जरिबाना तिर्न नसेपछि आजै उनलाई सजाय भुक्तानकालागि कारागार चलान गरेको छ।
कमेन्ट लोड गर्नुस