चुरेको खैराला स्वास्थ्यचौकीलाई एम्बुलेन्स प्रदान

धनगढीः कैलालीको खैराला स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
चुरे गाँउपालीका–२ मा रहेको खैराला स्वास्थ्यचौकीलाई दुर्गा–दशरथ स्मृति प्रतिष्ठान अत्तरियाले सोमवार एम्बुलेन्स हस्तान्तरण गरेको हो। नेकपा एमालेका सचिव एवम् प्रतिष्ठानका संरक्षक लेखराज भट्टले चुरे गाँउपालिकाका अध्यक्ष चक्र बोगटीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।
नेपाल–भारत सहयोग अन्तर्गत गोदावरी नगरपालिका–१ मा रहेको दुर्गा–दशरथ भट्ट स्मृति प्रतिष्ठानलाई प्राप्त एम्बुलेन्स स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो।

