सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेविसंघले खुवायो सेती अस्पतालका बिरामीलाई खिर

२०८० साउन १५, ११:१५ खबर संवाददाता

धनगढी: नेपाल विद्यार्थी संघ धनगढी नगर कार्यसमितिले सेती अस्पतालका बिरामीलाई खिर खुवाएको छ। साउन पन्ध्र अर्थात् खिर खाने दिनको अवसरमा नेविसंघले अस्पतालका बिरामी र नर्सिङ स्टाफलाई खिर खुवाएको हो।

अस्पतालका दुई सय बिरामीलाई खिर खुवाइएको नेविसंघ धनगढी नगर कार्यसमितिका सभापति दिपेश बोहराले बताए। बिरामीहरू घरदेखि टाढा अस्पतालमा उपचार गराइरहेका बिरामीलाई घरमै रहेको जस्तो अनुभव होस् भनेर खिर खुवाउने कार्यक्रम राखिएको सभापति बोहराले बताए। 

बिरामी र अशक्तको सम्मान गर्नुपर्छ भन्ने भावना विकास होस् भनेर पनि नेविसंघका युवाहरूको सहभागितामा खिर खुवाउने कार्यक्रम राखिएको बोहराले बताए। उनले नेविसंघले विद्यार्थीको हकहितको पैरवी गर्दै र सामाजिक मूल्य मान्यताको पनि जगेर्ना गर्नुपर्ने भनेर कार्यक्रम राखेको बताएका छन्।

कमेन्ट लोड गर्नुस