सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक अटो पार्टसमा आगलागी, ६० लाखका सामान जलेर नष्ट

२०८० साउन १४, ०२:०४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एक अटो पार्टस (मोटरसाइकल पार्टपुर्जा पसल) मा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका–८ अनामनगरमा रहेको अटो पार्टसमा आगलागी भएको हो। कैलारी गाउँपालिका–४ नवलपुरका ३१ वर्षीय सुरज चौधरीले सञ्चालन गरेको जीएस अटो पार्टसमा आईतवार बिहान विद्युतको तार सर्ट भएर आगलागी भएको हो।

आगलागीबाट करिब ६० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ। स्थामनीय, प्रहरी र दमकलको सहायताबाट आगो नियन्त्रणमा आएको थियो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस