कञ्चनपुरबाट सशस्त्र प्रहरीका जवानसहित दुई जना पक्राउ
२०८० साउन १४, ०७:१३
धनगढीः कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर १० दोदा नदीको पुलबाट शनिवार साँझ दुई जना पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगर रहेका छन्। प्रदिप दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान रहेको खुलेकोे छ।
उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक दशमलव दुई ग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस