सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीपी अस्पतालको एम्बुलेन्स दुर्घटना

२०८० साउन १३, ०५:२६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अवस्थित सीपी अस्पतालको एम्बुलेन्स ब्रेक फेल भएर दुर्घटनामा परेको छ।

अत्तरियाबाट शव बोकेर गइरहेको से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआइ सिंह राजमार्गको राइको मोडमा दुर्घटनामा परेको हो।

एम्बुलेन्समा शवसहित ६ जना सवार थिए। चालक अर्जुन बोहरालगायत सबै जना सकुशल रहेको प्रहरीले जनाएको छ। ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको थियो।
 

कमेन्ट लोड गर्नुस