सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाँडाचक्र नगरपालिकाविरुद्ध १० वडा अध्यक्षले हाले मुद्दा 

। फोटो स्रोत ।
२०८० साउन १३, ०९:४० खबर संवाददाता

कालीकोटः कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाविरुद्ध १० वडा अध्यक्षले उच्च अदालत जुम्ला इजलासमा मुद्दा दर्ता गराएका छन्। नगर प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीले आफ्नो स्वार्थपूर्तिका लागि नगर सभामा भएका निर्णयलाई बदर गर्दै आफु अनुकुल वजेट र योजना बनाएको आरोपमा १० जना वडा अध्यक्षले नगरपालिकाविरुद्ध मुद्दा दर्ता गराएका हुन्।

नौ जना वडा अध्यक्षले संयुक्त रुपमा नगरपालिकालाई विपक्ष बनाएर बिहीबाार उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता गराएका छन। खाँडाचक्र नगरपालिकाले असार १० गते बेलुकी झन्डै दुई घण्टा नगरसभाको उद्घाटन मात्र गरेर नगरसभा सम्पन्न भएको जनाएको थियो। उद्घाटन सत्रमा गरिएको माइनुटमै प्रमुख र उपप्रमुखले आर्थिक वर्ष २०८०/८१ को बजेट बनाएर सार्वजनिक गरेको आरोप वडा अध्यक्षको छ।

सार्वजनिक गरिएको बजेटमा वडाका कुनै पनि योजना नसमेटिएको, मनोमानी बजेट ल्याएको, नागरिकमुखी नभई जनप्रतिनिधिमूलक बजेट बनाएको लगायतका विषयमा नगरपालिकाका ११ जना वडाध्यक्षको समर्थनमा १० जनाले मुद्दा दर्ता गराएका हुन्।

अघिल्लो कार्यकालका जनप्रतिनिधिले खर्च गरेको बजेट तिर्नुपर्ने भन्दै आर्थिक वर्ष २०७९/८० मा कुनै पनि ठूला योजनामा काम नगरेको नगपालिकाले यस वर्ष पनि पाँच करोड रुपैयाँ भन्दा बढी पुरानो तिर्नुपर्ने वजेट देखाएको छ। स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रमुख र उपप्रमुखले कुनै पनि कार्य नगरेकाले अदालतसम्म पुग्नुपरेको वडाध्यक्षहरुको भनाई छ।

वडा नम्बर–६ का अध्यक्ष दिनेशबहादुर शाहीले भष्ट्राचार गर्ने मनसायले तिर्न नपर्ने वजेट तिर्नु पर्ने भनि बिनियोजन गरेको बताए। वडा नम्बर–४ का अध्यक्ष प्रभानन्द आचार्यले नगरसभा उद्घाटन सत्रको उपस्थितीको तल आफु अनुकुल वजेट वाँडफाँड गरेको सिलिङ टाँस गरि नगरप्रमुख र उपप्रमुख दुवै जना जिल्ला बाहिर गएको बताए।

पटक पटक फोन गरेर वजेट सच्चाउन अनुरोध गर्दा नमानेपछि अदालत पुग्नु परेको जानकारी दिए। उता नगर प्रमुख कमलबहादुर शाहीले नगरप्रमुख र उपप्रमुखबिरुद्ध नभएर उनीहरु बिरुद्धको पनि उजुरी भएको बताए। उजुरी नगरपालिकाबिरुद्ध भएकाले उनीहरु पनि नगरकार्यपालिका सदस्य भएकाले यो उजुरी उनिहरुबिरुद्धको पनि भएको दावी गरे।

उनीहरुलाई नै १८ गते अदालतले बोलाएकाले उनीहरुबिरुद्धकै उजुरी भएको नगरप्रमुख शाहीको भनाई छ। नगरप्रमुख शाहीले हामीले जनताको काम गर्ने हो, वडा अध्यक्षलाई खानका लागि वजेट आफुले नवाड्ने कुरा साँचो भएको बता।
 

कमेन्ट लोड गर्नुस