सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

२०८० साउन १३, ०९:१२ खबर संवाददाता

धनगढीः महाकाली नदीमा जलसतह बढेको छ। जल तथा मौसम विज्ञान विभागले महाकाली नदीमा जलसतह बढेकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

शनिवार बिहान एक सूचना जारी गर्दै विभागले महाकाली नदीको डडेलधुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह ५.८० मिटर नजिक पुगेको जनाएको छ। जलसतह बढ्दो क्रममा रहेकाले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने र नदी किनारका क्षेत्रमा रहेका व्यक्तिहरूले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
 

कमेन्ट लोड गर्नुस