महेन्द्रनगरको एक गोदाममा प्रहरीको छापा,१५ लाख रुपैँया बढीको अवैध सामान बरामद
कञ्चनपुरः प्रहरीले महेन्द्रनगरको एक गोदाममा छापा मारेको छ।
छापा मार्दा १५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान बरामद गर्दै गोदामका मालिक र उनका चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले भीमदत्त नगरपालिका–४ मा रहेको घटाल दृष्टि मार्केटिङ नामक पसलको गोदाममा छापा मार्दा भन्सार छलि ल्याएको ठूलो परिमाणका विभिन्न सामान बरामद गरिएको जनाएको छ।
पसलका सञ्चालक चन्द्रसिंह विष्ट र उनका सवारी चालकलाई बरामद सामानसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीले बताए। प्रहरीले सो पसलको गोदामबाट अनुमानित १५ लाख ५७ हजार रुपैयाँ मूल्य बराबरका कुर्ता सुरुवाल, मखमल सुट, पेटिकोटको कपडा, मेक्सी, सुतीको धोती, तौलिया, सर्टको कपडा, पाईन्ट सर्ट कपडा, सारीलगायतका सामान बरामद गरेको जनाइएको छ।
बरामद सामान र पक्राउ परेका दुबै जनालाई कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको डिएसपी डाँगीले बताएका छन्।