सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण

२०८० साउन १२, ०५:१३ खबर संवाददाता

काठमाडौंः  राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले ल्याएको विधेयकलाई प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई प्रमाणीकरण गरेका हुन्। राष्ट्रपति पौडेलले शुक्रबार उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन्।

राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयक प्रमाणीकरण भई ऐनको रूप लिएसँगै मिटरब्याजबाट पीडित भएकाहरूले न्याय पाउने प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।
 

कमेन्ट लोड गर्नुस