सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँचौँ विश्वकीर्तिमानको तयारीमा नेपाली सेनाका गिरी 

२०८० साउन ११, ०८:५० खबर संवाददाता

काठमाडौँः  नेपाली सेनाका हरिचन्द्र गिरी पाँचौँपटक विश्वकीर्तिमान राख्ने तयारीमा छन्।

यसअघि चौथो विश्वकीर्तिमान राख्ने क्रममा उनले हातले टेकेर सबैभन्दा छिटो सिँढी ओर्लने कीर्तिमान बनाएका थिए। अब रेकर्ड राख्ने क्रममा उनले टायरमाथि डोरी खेल्नेछन्। ‘मोस्ट स्किपिङ अन टायर इन वन मिनेट’ टायरमाथि एक मिनेटमा सर्वाधिक डोरी खेल्ने रेकर्डको अभ्यास गरिरहेका छन्। उनले एक मिनेटमा १२६ पटकसम्म खेलेर अभ्यास गरेका छन्।

गत जेठमा उनले काठमाडौंको बूढानीलकण्ठमा रहेको जाम्चेन विजय स्तुपाका ७५ वटा सिँढी २५.०३ सेकेन्डमा ओर्लिएका थिए। बल र सन्तुलनको प्रयोग गरेर उनले असाधारण उपलब्धि हासिल गरेको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ। यसअघि अमेरिकाका मार्क केनीले ३०.८ सेकेन्डमा बनाएको कीर्तिमान गिरीले तोडेका हुन्।

त्यसअघि उनले हातले टेकेर ५० वटा सिँढी ओर्लने, खुट्टाको बीचमा बल च्यापेर हातले मात्र टेकेर ५० मिटर हिँड्ने र १० मिटर हिँड्ने विधामा पनि कीर्तिमान कायम गरिसकेका छन्।
 

कमेन्ट लोड गर्नुस