कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ
२०८० साउन ११, ०७:५०
धनगढीः कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको जोशीपुर गाउँपालिका–४ झवहिबाट ८०० मिलिग्राम लागुऔषधसहित भजनी नगरपालिका–६ नवलपुरका २८ वर्षीय राजेश चौधरी बुधवार पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस