सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचार विरुद्द विवेकशील साझाको धनगढीमा खबरदारी

२०७६ वैशाख ७, ०२:२९ खबर संवाददाता

विवेकशील साझा पार्टी सुदूरपश्चिमले ठुलामाछा पक्राउ अभियान अन्तरगत आज धनगढीमा प्रदर्शन गरेको छ। देशमा चर्चामा आएका विभिन्न भ्रष्टाचारका घटनाहरुको छानविन नभएको र दोषीलाई कारवाहीको दायरामा ल्याउन नसकिएको भन्दै सरकारलाई दवाव दिन प्रदर्शन गरिएको हो। धनगढी स्थित पार्कमोडमा जम्मा भएका विवेकशील साझाका नेता कार्यकर्ताहरुले भ्रष्टाचार विरुद्द खवरदारी गर्दै प्रदर्शन गरेका हुन्।

वाईड वडी प्रकरण, सुन काण्ड, एनसेल काण्ड, फोर जी काण्ड, वालुवाटार जग्गा प्रकरण लगायतमा संग्लनलाई कारवाहिको माग गर्दै प्रर्दशन गरिएको हो। प्रदर्शन कार्यक्रममा विवेकशील साझा पार्टी सुदूरपश्चिमका संयोजक गोपाल हमाल, सह–संयोजक दिनेश भण्डारी, प्रदेश संगठन विभाग प्रमुख प्रकाश भट्ट लगायका नेता कार्यक्रताको सहभागिता रहेको थियो।  

कमेन्ट लोड गर्नुस