सुन प्रकरणको छानबिनका लागि विशेष आयोग बनाउन राप्रपाको माग

२०८० साउन १०, ०४:२७
काठमाडौँः राप्रपाले सुन प्रकरणको छानबिन गर्न विशेष आयोग बनाउन माग गरेको छ।
संसदमा आज (बुधवार) राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आयोग बनाउन माग गरेका हुन्। ‘भरिया पक्राउ गरेर नाइके जोगाउने काम नगरियोस्। अनुसन्धान प्रक्रिया सशक्त होस्। विशेष आयोग बन्नुपर्छ। छानबिन आयोग बनाएर अनुसन्धान अगाडि बढाइयोस्,’ उनले भने।
नेपाल सुन तस्करको ट्रान्जिट बनेको समेत उनले जिकिर गरे।




कमेन्ट लोड गर्नुस