सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेडोको सबलीकरण परियोजनाबाट दलित महिला लाभान्वित

२०८० साउन ९, ०९:१३ खबर संवाददाता

धनगढीः दलित महिला संघ (फेडो) कैलालीले नेपालमा दलित महिलाको मानवअधिकार सबलीकरण परियोजनाको सामाजिक लेखापरीक्षण कार्यक्रम मंगलबार धनगढीमा सम्पन्न गरेको छ।

फाउण्डेसन फर जस्टीस सोसाइटीको सहयोगमा फेडोले सामाजिक लेखापरीक्षण कार्यक्रम गरेको हो । यस अन्तर्गत कैलालीका दुई स्थानीय तह गोदवारी नगरपालिका र बर्दगोरीया गाउँपालिकामा ९ महिनासम्म संस्थाले गरेको काम सार्वजनिक गरेको छ। यस कार्यक्रमबाट दुई पालिकामा ६५० जनाले प्रत्यक्ष लाभान्वित भएका छन्।

संस्थाको जम्मा वार्षिक बजेट २८ लाख ५४ हजार ६५ रुपैयाँ रहेको छ । संस्थाले समूह बनाएर ४ लाख विउ पुँजीलाई घुम्ती कोषका रुपमा समूहमा परिचालन गरी आयआर्जनलाई समूहमा प्रभावकारिता दिइरहेका छन्। २० जना महिलाहरुलाई दैनिक आयआर्जन बढाउने क्रियाकलाप सञ्चालन गर्नका लागि व्यावसायिक उत्पादन गर्नका लागि ऋण दिइएको हो।

संस्थाले ९ महिनासम्म कार्यक्रम सञ्चालन गर्नका लागि १९ लाख ७१ हजार दुई सय छुटाएको थियो । जसको १७ लाख ८९ हजार ३९१ सय रुपैयाँ खर्च भएको हो। जसको ९०.७७ प्रतिशत हुन्छ । यस्तै, कार्यक्रम सञ्चालनमा १७ लाख ८४ हजार ९ सय रुपैयाँ छुटाएकोमा १६ लाख तीन हजार १४१ रुपैया खर्च भएको छ जसको ८९ प्रतिशत हुन्छ।

यस्तै, कार्यलय सञ्चालन गर्न एक लाख ८६ हजार तीन सय रुपैयाँ छुटाएकोमा एक लाख ८६ हजार २५० रुपैयाँ खर्च भएको हो । जुन ९९ प्रतिशत हुन्छ।

स्थानीय स्तरमा महिलाहरुको क्षमता अभिवृद्धि गर्न र दलित महिलाहरुलाई माथि उकास्नका लागि फेडोले राम्रो काम गरेको कार्यक्रममा सहभागी महिलाहरुले बताएका छन्।

दलित महिलाहरु पहिलेदेखि नै पिछडिएको र यस संस्थाले महिलाहरुलाई आत्मानिर्भर हुनका लागि  लगानी लगाएर विभिन्न व्यवसायमा सग्लन रहेको र धेरै कुरा सिकेको उनीहरुले बताएका हुन्। समूह बनाएर खुद्रा पसल र बाख्रा पालन गर्दै आइरहेको उनीहरुको भनाइ छ।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका नगर उप–प्रमुख कन्दकला रानाले सानो रकममा पनि ठुलो काम भएको र महिलाहरु आत्मानिर्भर भएको बताइन् । गरिबी,अशिक्षा र सूचनामा पहुँच नहुनु अपराध भएको र यसको अन्त्य गर्ने जरुरी रहेको उनले बताइन्।

अहिले उपमहानगरपालिकाले सबैलाई सम्मान दृष्टिकोणले हेर्ने गरेको उनको भनाइ छ। दलित समुदायमा बालिकाहरुको डाटा संकलन गर्ने र उसको गुणस्तरिय शिक्षाका लागि उपहानगरपालिकाले बजेट छुटाएको उनले बताइन्।

महिलाहरु लाई आत्मनिर्भर बनका लागि उपमहानगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको उनले बताइन्। धनगढी भित्र सामाजिक र मानविय विकासमा ६० प्रतिशत रकम छुटाएको दाबी गरिन्।

दलित महिला संघ (फेडो) कैलालीकी अध्यक्ष सविना सुनारले गत वर्षद्खि पनि दलित महिलाहरुलाई आत्मानिर्भर बन्नका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताइन्। आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता लिने उदेश्य रहेको उनले बताइन्।

कैलालीका केही पालिकाहरुमा समूह बनाइएर दलित महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि रकम विनियोजन गरेको उनको भनाइ छ। यस सस्थाले दिन तालिम लगायत अन्य कार्यक्रमबाट दलित महिलाहरु लाभान्वित भएको उनले बताइन्। दलित महिला संघ (फेडो) कैलालीका संयोजक विनोद घिमिरेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कमेन्ट लोड गर्नुस