सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकारलाई कुट्ने राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक निलम्बित

२०८० साउन ९, ०६:२३ खबर संवाददाता

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।

खड्कालाई निलम्बन गरिएको रास्वपाले जनाएको छ। उनले पत्रकार सुनिल मण्डेललाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका थिए। बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एङ्गल अनलाइनमा कार्यरत पत्रकार मण्डेललाई घरबाटै सोमवार खड्काले अपहरण गरेका र होटल होलि डे इनमा लगेर कुटपिट गरेको पत्रकार मण्डेलको दाबी छ।

खड्का स्वयं उक्त होटलका सञ्चालकसमेत हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ प्रदेश, बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेका थिए।
 

कमेन्ट लोड गर्नुस