सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ 

२०८० साउन ९, ११:३० खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–२ राजिपुरबाट ९० मिलिग्राम लागुऔषधसहित सोही ठाउँका ३२ वर्षीय सियाराम चौधरी र २१ वर्षीय सुरेश चौधरीलाई सोमवार प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिइएको प्रहरी टोलीले लागुऔषधसहित फेलापारी दुबै जनालाई पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस